गान्तोक: हाल नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले लोकसभा अध्यक्ष ओम बिड़लासँग शिष्टाचार भेट गरे। संसद भवनस्थि अध्यक्षको कार्यालयमा भएको यस भेटवार्तामा सौहार्दपूर्ण साथै अर्थपूर्ण अन्तरक्रिया भएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमा जानकारी गराएका छन्।

बैठकअवधि आफूले लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्न र संसदीय परम्पराको प्रवर्द्धनमा लोकसभा अध्यक्ष ओम बिड़लाको अनुकरणीय नेतृत्वको प्रशंसा गरेको जुन साँच्चै एक अविस्मरणीय र प्रेरणादायी क्षण रहेको मुख्यमन्त्री तामाङको भनाइ रहेको छ।