सिलगढी समरनगर हत्या प्रकरणमा नयाँ ट्विस्ट

Screenshot_20250211_203515_Chrome

परिवारका सदस्यले लगाए गम्भिर आरोप

सिलगढी: सिलगढी समर नगर बो बजार क्षेत्रमा पति, पत्नी र छाेराको रहस्यमय मृत्युको मामिलामा अब नयाँ मोड आएको छ। उल्लेखनीय छ, जनवरी १५ गते बिहान श्यामल राई, उनकी श्रीमती टुम्पा राई र छोरा पिन्टुको शव उनको भक्तिनगर थाना इलाकाको घरबाट बरामद भएको थियो।
उल्लेखनीय छ, पुलिसकाे प्रारम्भिक अनुसन्धानमा ऋणमा डुबेका श्यामल राईले श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको बताइएको छ। तर, एक महिनापछि टुम्पा राईको परिवारले यस प्रकरणमा गम्भीर प्रश्न उठाएका छन्। यो हत्याको वास्तविकता घरकी घरधनी र कान्छो छोरालाई थाहा भएको परिवारले आरोप लगाएका छन्।
उनले टुम्पाकाे मालकिनका छोरासँग अवैध सम्बन्ध रहेको र घटना हुनुभन्दा दुई साताअघि आमाबाट डेढ लाख रुपैयाँ ऋण लिएको दाबी गरे। परिवारले पुलिस अनुसन्धानमा पनि प्रश्न उठाएका छन् र टुम्पाको मोबाइल अहिलेसम्म फेला नपरेको भन्दै पुलिसले सत्य लुकाउन खोजेको बताएका छन्।
परिवारका सदस्यले भक्तिनगर थानामा उजुरी दर्ता गरेर निष्पक्ष छानबिनको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement