बागडोगरा: आज बागडोगरा ट्राफिक गार्डका एएसआई बाला घोषको तत्परताका कारण एक परीक्षार्थी समयमै परीक्षा केन्द्रमा पुग्न सके। प्राप्त जानकारीका अनुसार माटीगाड़ा हरसुंदर हाई स्कूलका विद्यार्थीहरुको परीक्षा केन्द्र शिवमन्दिर शिवमंदिर नरसिंह विद्यापीठ हाई स्कूलमा परेको छ।
आज हरसुंदर हाई स्कूल का प्रवीर नामक एक माध्यमिक परीक्षार्थी दोस्रो परीक्षा दिन घरबाट निस्किएका थिए तर माटीगाड़ा ट्राफिक प्वाइंट पुगेपछि नरसिंह विद्यापीठ हाई स्कूल परीक्षा केन्द्रमा पुग्ने कुनै माध्यम भेटेन।
जसका कारण उनी चिन्तित भएर यता उता कुदना थाले। त्यसपछि ट्राफिक पुलिसका एएसआई बाला घोषले उनलाई देखे। यसपछि उनले माध्यमिक परीक्षार्थीलाई बोलाएर उनको समस्या सोधे र बाइकमा समयमै परीक्षा केन्द्र पुराए।