खरिबारी: नेपाल–भारत सीमामा लागूऔषधसहित फेरि एक युवक पक्राउ परेका छन्। अभियुक्तको नाम कौसर आलम हो र उनी नेपालका बासिन्दा हुन्।
खरीबारीको कदाेमनी जोत क्षेत्रमा एसएसबीको ४१औं बटालियनका जवानहरुले एक शंकास्पद युवालाई रोकेको बताइएको छ।
त्यसपछि खोजीका क्रममा उनको साथबाट कफ सिरप र ३ सय १७ लागूऔषध बरामद भयाे। पछि एसएसबीले आरोपितलाई खरीबारी पुलिसको जिम्मा लगाए।
आरोपीलाई आज सिलगढी महकमा अदालतमा पेश गरियो। पुलिस श्रोतका अनुसार एसएसबीले उक्त युवालाई लागुऔषधसहित नेपाल गइरहेको बेला पक्राउ गरेको हो।