खरसाङ: गोरामुमो केन्द्रीय नेता एंव पूर्व शिक्षक प्रभारी जेबी गुरूङ पत्नी शोकमा परेका छन्। गोरामुमो केन्द्रीय सदस्य, गोरामुमो तीनधारे सुकना समष्टिको सभापति साथै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी जेबी गुरूङकी पत्नी ललिता गुरुङको मंगलबार बिहान ७ बजेर १५ मिनटमा ६५ वर्षको उमेरमा निधन भएको छ। उनी वन विभागमा अस्थायी कर्मचारीको कार्यरत् रहेर अवकाशप्राप्त भएकी थिइन्। उनले आफुपछि पति जेबी गुरूङ, दुई छोरीहरु र एकजना छोरा अनि नाता नातिनीहरु छोडी गएका छन्। उनको अन्तिम संस्कार बुधबार दिउँसो १२:३० बजीतिर तीनधारेको क्रिकेट बजारस्थित निजी वासस्थानबाट निकालिने भएको जानकारी प्राप्त भएको थियो। गोरामुमो केन्द्रीय सदस्य जेबी गुरूङकी पत्नी ललिता गुरुङको निधनमा श्रध्दाञ्जली अर्पण गर्नलाई गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङ, पूर्व विधायक एनबी छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान लगायत अन्यहरु उपस्थित भएको जानकारी प्राप्त भएको छ।