सोनादा क्षेत्रमा माध्यमिक परीक्षा शान्तिपूर्ण

IMG-20250211-WA0210

सोनादा: सोनादा क्षेत्रमा यसपालीको माध्यमिक परीक्षा शान्तिपूर्ण रुपमा भईरहेको जानकारी प्राप्त भएको छ। सोनादा क्षेत्रमा यसपाली तीनवटा परीक्षा केन्द्रहरु रहेका छन्। तीनवटा परीक्षा केन्द्रहरुमा‌ सोनादा उच्चत्तर माध्यमिक विद्यालय, होली क्रस गर्ल्स उच्चत्तर माध्यमिक विद्यालय र सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय दिलराम रहेका छन्।‌ यी तीनवटा परीक्षा केन्द्रहरुमा सोनादा क्षेत्रका जम्मा 8 वटा विद्यालयहरुका ३९७ जना विद्यार्थीहरुले यसपालीको माध्यमिक परीक्षा दिईरहेका छन्। यसमा छात्रहरु १२६ जना र छात्राहरु २७४ जना रहेका छन् भनी माध्यमिक परीक्षा सोनादा क्षेत्रका सचिव दिपेन्द्र मुखियाले जानकारी गराएका छन्। उनले बताए अनुसार यसपालीको माध्यमिक परीक्षा सोनादा क्षेत्रमा शान्तिपूर्ण रुपमा भईरहेको र सोमवार नेपाली र मंगलबार अंग्रेजी विषयमा परीक्षा सम्पन्न भएको जानकारी गराएका छन्। यसपालीको माध्यमिक परीक्षा आगामी २२ फरवरीसम्म हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement