सुरेश बराइकलाई सिमलबारी युनिटको संयोजक चयन

IMG-20250211-WA0209

१५ दिनभित्र युनिट कमिटी गठन गर्ने अभिभारा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सिमलबारी युनिट कमिटीलाई विघटन गरेर नयाँ संयोजक नियुक्त गरिएको छ। सिमलबारी युनिट कमिटीमा‌ सुरेश बराइकलाई नयाँ संयोजक पदमा‌ नियुक्त गरिएको छ। सुरेश बराइकलाई मंगलबार खरसाङमा‌ सम्पन्न समर्थन कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय अध्यक्ष जेबी तामाङ, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र क्षेत्रीय सभासद परेश तिर्कीको उपस्थितिमा सिमलबारी युनिटको संयोजकको रुपमा नियुक्त पत्र प्रदान गरिएको छ। यस अवसरमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङ पनि उपस्थित रहेका थिए।‌ अब नयाँ संयोजक सुरेश बराइकले आगामी १५ दिनभित्रमा सिमलबारी युनिट कमिटीलाई नयाँ कमिटी गठन गर्ने अभिभारा पनि दिइएको जानकारी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement