गान्तोक: राज्यमा आज कोरोनाको एउटापनि नयाँ मामिला अघि न अएको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले मृत्यु हुने अनि निकोहुनेहरुको संख्या पनि शून्य रहेको छ।
राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा चार जना कोरोना संक्रमित रोगीहरू उपचारधीन रहेका छन्।
राज्य स्वास्थ्य विभाग अनुसार, हिजो १०१ जनाको कोरोना परीक्षण गरेकोमा, कसैमा संक्रमणको पुष्टि भएन।
हाल राज्यको कोरोना सकारात्मकता दर ०.० प्रतिशत रह्यो भने रिकभरी दर ९८.८ प्रतिशतमा रहेको छ। हालसम्म राज्यमा ३७,९६२ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१६५ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।