मेघालयमा तीन बंगलादेशी महिला अनुप्रवेशकारी पक्राउ

67ab453cc77a0-bangladeshi-women-arrested-114022963-16x9

शिलंग(मेघालय): सीमा सुरक्षा बल (बीएसएफ)- का जवानहरूले राज्यको पूर्वी खासी पहाड़ी जिल्ला अन्तर्गत भारत बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्न खोज्दै गरेकाे तीनजना बंगलादेशी अनुप्रवेशकारी महिलाहरूलाई पक्राउ गरी स्थानीय पुलिसलाई सुम्पिदिएका छन्।
पुलिसले तीनै महिलाहरूमाथि कानूनी कारबाही गरेको छ।
बीएसएफको आधिकारिक सूत्रले आज बताए अनुसार, विशेष गुप्त सूचनाको आधारमा सीमा सुरक्षा बलको चौथो बटालियनका सतर्क जवानहरूले सोमवार राती पूर्वी खासी पहाड़ी जिल्लामा भारत-बंगलादेश अन्तरराष्ट्रिय सीमामा छापा मारे। यस अवधि जवानहरूले अन्तराष्ट्रिय सीमा पार गर्ने प्रयास गरिरहेका यी तीनजना महिलाहरूलाई समाते र अग्रिम कानूनी कारबाहीको लागि स्थानीय पुलिसलाई सुम्पिदिए। पुलिसले तीनैजनासित जाँच-खाेज गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement