लिडर भएपछि शिक्षित छ भने मात्रै समाजलाई सही मार्ग दर्शन गर्नसक्छ: अनित थापा

IMG-20250211-WA0208

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लक्ष्य अझैं धेरै लामो छ। हामीले अझ धेरै काम गर्नुछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले मंगलबार खरसाङमा सम्पन्न समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै बताएका छन्। उनले विभिन्न समष्टिहरुबाट समर्थन गर्न आएका समर्थकहरूलाई सम्बोधन गर्दै भने, भागोप्रमोको कार्य र विचारलाई हेरेर समर्थन गर्नु आउनु भएको हजुरहरु सबैलाई भागोप्रमो पार्टीमा स्वागत छ। हाम्रो परिवारमा स्वागत छ। तपाईहरुले भागोप्रमो पार्टीलाई बाहिरबाट हेर्नु भएको छ। तर आबो भित्रबाट हेर्नु हुनेछ। हामीले सबै कुराहरु सहेर अनि कसैलाई केही नभनी काम गर्दै जानुपर्छ।’
उनले आफ्नो सम्बोधनमा अघि भने, हाम्रो यात्रा २०१७ देखि हो र हाम्रो यात्रा सजिलो छैन, गाह्रो छ। तर पनि हामीले पहाड बनाउँदै गईरहेका छौं। हामीले कसैलाई नराम्रो नभनी र गाली नगरी काम गर्दै जानुपर्छ।’
अनित थापाले अझ भने अगुवा भएपछि शिक्षित हुन आवश्यक छ।‌ समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्ग दर्शन गर्नसक्छ।‌ लिडर भएपछि उपलब्धि हुनुपर्छ।‌ चिच्चाई चिच्चाई भाषण दिएर मात्रै हुँदैन उपलब्धि छैन भने। पहाडमा लिडरहरुमा उपलब्धि केही छैन। हामीले हाम्रो पालोमा लामो समयपछि पहाडमा पञ्चायतीराज फर्काएर ल्याएका छौँ। यो हाम्रो लागि ठूलो उपलब्धि हो।’
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले आफ्नोे सम्बोधनमा अझ भने, ‘बिजनबारी क्षेत्रको बाटो पहिले कस्तो थियो अनि मरमत्तिपछि कस्तो भएको छ। त्यसरी नै तामसाङ क्षेत्रको बाटोको लागि 6-7 करोड पारित भएको छ र म आफै आएर त्यो काम पूरा गर्नेछु। हामीले कम्ती समयमा पहाडमा धेरै बाटोहरु निर्माण कार्य गरेका छौँ। हाम्रो कार्य र हाम्रो विचारलाई मन पराएर समर्थन गर्न आउनु भएको छ र म तपाईहरुको विचारलाई अन्त्यसम्म साथमा रहेर कार्य गर्नेछु।’ अनित थापाले अझ भने, ‘पहाडमा हामीले जुन वातावरण सिर्जना गरेका छौँ अहिले शान्ति छ पहाडमा।‌ हाम्रो पालोमा कुनै पनि राजनैतिक हत्या भएको छैन। यो पहाड हामी सबैको हो। हामी सबैले मिलेर सपारेर अघि लानुपर्छ। हामी नकरात्मकपट्टि होइन कारण नकरात्मकपट्टि जाँदा हामीले धेरै गुमाएका छौं।‌हामी नकरात्मक कुरापट्टि नलागेर, लिडरले भर्काउँदा भर्किनु हुँदैन। बरु अहिले सबैजना शिक्षित हुनुहुन्छ अनि सरकारी कार्यालयतिर गएर आफै सोधपुछ गर्दा हुन्छ। आफै गएर बुझ्दा हुन्छ।’ थापाले भने, ‘राम्रो विचारले काम गर्दा पहाड राम्रो भएर जान्छ। हामीलाई चाहिएको विकास हो। विकासको लागि हामी अघि बढेका छौं। गाउँ विकास भए घर र परिवार पनि विकास हुन्छ। म सजिलो मान्छे हुँ।‌ मलाई भेट्नु कुनै एपोइमेन्ट लिनु पर्दैन।‌ जहिले‌ भेट्दा पनि हुन्छ। सबैले भेटेर आफ्नो समस्याहरु राख्न सक्नु हुनेछ। म आफै पनि तपाईहरुलाई भेट्न गाउँ घरतिर आउनेछु। सबैको समस्या बुझेर समाधान गर्नेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement