खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा आज खरसाङमा विभिन्न राजनैतिक पार्टीहरुबाट २१५ जना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। आज भागोप्रमोमा सामेल हुनेहरुमा विभिन्न समष्टिहरुबाट समर्थन जनाउँदै पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट झण्डा ग्रहण गरेर सामेल भएका छन्। भागोप्रमोमा सामेल हुनेहरुमा तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीबाट बिनोद गुरुङ र सजित राईको अगुवाईमा भाजपा र गोजमुमोबाट ४० परिवारहरु, यसै समष्टिकाे चुनभट्टी र २ नम्बरबाट भाजपाको मण्डल सभापति कुन्दन सार्कीको अगुवाईमा १३ परिवारहरु सामेल भएका छन्। त्यसरी नै सामेल हुनेहरुमा खरसाङ गिध्द पहाड समष्टिको गिध्द पहाड र गौरी शंकरबाट, खरसाङ चिमनी देवराली समष्टिबाट, खरसाङ नगरपालिकाको वार्ड नम्बर ६, १९ र २० नम्बरबाट, चुङथुङ मारेबुङ समष्टिबाट, अम्बटेबाट, पोख्रेबुङबाट, सिमलबारीबाट, मङ्पुबाट गरी जम्मा २१५ जना भागोप्रमोमा सामेल भएका छन्। सामेल हुनेहरुमा मङ्पुका पूर्व शिक्षक शरद रावत, खरसाङको वार्ड नम्बर १९ बाट पूर्व रेञ्जर अफिसर लाङ्पा तामाङ, वार्ड नम्बर 6 बाट भाजपाको मण्डल सभापतिहरु सामेल छन्।भागोप्रमोमा सामेल हुनेहरु सबैलाई पार्टी अध्यक्ष अनित थापाले खदार्पण गरेर स्वागत जनाएका थिए भने सभासदहरु रतन थापा, श्याम शेर्पा, सन्दीप छेत्री, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान आदि, प्रेमेन्द्र गुरुङ लगायत अन्यहरुको बाहुलीबाट पार्टीको झण्डाहरु प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न समर्थन कार्यक्रमलाई भागोप्रमो केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको अध्यक्षता गरेका थिए भने सभासद प्रमाण रसाईलीले सञ्चालन गरेका थिए। उक्त समर्थन कार्यक्रममा कार्यकारी सभासद रतनकुमार थापाले स्वागत सम्भाषण राखेका थिए। यस समर्थन कार्यक्रममा सभासदहरु नुरी शेर्पा, नवराज छेत्री, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी र विभिन्न समष्टिहरुका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। उक्त समर्थन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान र सचिव एंव सभासद प्रमाण रसाईलीले विस्तृत रुपमा जानकारी गराएका छन्।

दुवैले आज खरसाङमा पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा उनको विचार कार्यलाई मन पराएर आएका २१५ देखि २२० जनाले विभिन्न स्थानहरुबाट आएर भागोप्रमोमा समर्थन जनाएका जानकारी गराएका छन्। सम्पूर्ण समर्थकहरुले पार्टीमा समर्थन जनाएपछि भागोप्रमो पार्टी अझ बलियो भएको जानकारी गराउँदै समर्थन जनाउने सबैलाई भागोप्रमो खरसाङ महकुमा समितिको तर्फबाट हार्दिक स्वागत जनाएका छन्।