सुनसरीमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

IMG-20240621-WA0012

सुनसरी: बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ।
आज चतराबाट धरानतर्फ आउँदै गरेको प्र.नं १–०२–००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्र.नं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभूमी गाउपालिका–१ का २५ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए।
घाइते राईको बराहक्षेत्र–१ स्थित उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement