मंगन नगर पञ्चायतद्वारा लेबर र टिनेन्ट एक्ट बारे बैठक

IMG-20250210-WA0280

मंगन: राज्य सरकारको निर्देशअनुसार मगन नगर पञ्चायत क्षेत्रमा घर (कोठा) भाड़ामा लिएर बसोबासो गर्दै आएका अनि श्रमिकहरूको जानकारी र प्रमाणीकरण सम्बन्धमा हितधारकहरूलाई सचेत गराउने उद्देश्यले आज मंगन नगर पञ्चायतको सभाकक्षमा एउटा बैठक बस्यो। बैठकलाई नगर अध्यक्ष श्रीमती नोर्कित लेप्चाले अध्यक्षता गरेकी थिइन्।
बैठकले सिक्किम श्रम रोजगार नियमन र सेवा सर्त ऐन, २०२१ अन्तर्गत अनिवार्य गरिएको श्रम दर्ताको महत्वपूर्ण पक्षका साथै सिक्किम भाडामा लिनेहरू र घरेलु तथा व्यावसायिक सहयोगीहरू (अनिवार्य प्रमाणीकरण) ऐन, २००८ अन्तर्गत अनिवार्य रूपमा भाडामा लिनेहरूको दर्तामा पनि खुला छलफल गऱ्यो। यसका साथै आगामी दिनहरूमा पनि अभ्यास सुरु गर्न र मंगन नगर पञ्चायतका जनताको हितको रक्षा गर्न थप बैठकहरू सञ्चालन गर्ने बैठकले निर्णय लिएको छ।

About Author

Advertisement