पारखामा भाजपा-ले वितरण गऱ्यो आयुष्माण भारत कार्ड

IMG-20250210-WA0279

गान्तोक: प्रदेश अध्यक्ष डीआर थापाको निर्देशनमा सिक्किम प्रदेश भाजपा-का कार्यकारी सदस्य साङ्गे ग्याछो भोटिया र पारखाका जिल्ला पञ्चायत सदस्य मेघराज शर्माले पूर्व सिक्किमको नाथाङ माछोङ समष्टिअन्तर्गत पारखा खण्डमा आयुष्मान भारत योजनाको थालनी गरेका छन्। आइटी कार्यकारीहरू राम थापा र मोहन राईले सहयोग गरेको यस कार्यक्रमको अवसरमा जिल्ला अध्यक्ष प्रेम छेत्री र महिला मोर्चाकी कार्यकारी सदस्य श्रीमती निक्की भोटियाको पनि विशेष उपस्थिति रहेको थियो।
आयुष्मान भारत अभियानअन्तर्गत क्षेत्रका ७० वर्षभन्दा अधिक उमेर भएका जेष्ठ्य नागरिकहरूलाई ५ लाख रुपियाँसम्मको उपचारको निम्ति अयुष्मान भारत कार्ड वितरण गरियो। लाभार्थीहरूले यस पहलको निम्ति भारत सरकार र सिक्किम प्रदेश भाजपा-प्रति आभार व्यक्त गरेको पार्टीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ।
यस विशेष पहलले सिक्किम र सिक्किमेको सेवा प्रति भारतीय जनता पार्टीको समर्पणलाई झल्काउने सिक्किम प्रदेश भाजपा-को भनाइ रहेको छ। विज्ञप्तीमा जनाइएअनुसार अहिलेसम्म सिक्किममा २४२९ जनाले आयुष्मान भारत कार्ड प्राप्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement