खरसाङ: आजदेखि शुरु भएको माध्यमिक परीक्षामा खरसाङ क्षेत्रमा रहेको चारवटा परीक्षा केन्द्रहरुमा जम्मा ५३६ जनाले परीक्षा दिएको जानकारी प्राप्त भएको छ।खरसाङमा माध्यमिक परीक्षाको चारवटा परीक्षा केन्द्रहरुमा पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ उच्चत्तर माध्यमिक विद्यालय र सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय रहेका छन्।

यी चारवटा परीक्षा केन्द्रहरुमा छात्र छात्राहरु लगाएर जम्मा ५३८ जना भए पनि दुईजना अनुपस्थित रहेकोले पहिलो दिनको माध्यमिक परीक्षा ५३६ जनाले दिएका छन् भनी खरसाङको स्कूल सह निरीक्षक रोशनी सार्कीले जानकारी गराएकी छन्।











