पान्दममा सत्सङ्ग समारोह सम्पन्न

IMG-20250210-WA0259

सोनादा: मानव उत्थान सेवा समिति दार्जीलिङ तहसील अन्तर्गत पान्दाम शाखाको आयोजनामा श्री हंस दिव्य ज्योति धाम आश्रमको प्राङ्गनमा दार्जीलिङ तहशील प्रभारी महात्मा लक्षुमा बाईजी, सह प्रभारी महात्मा शैल बाईजी, महात्मा मुग्धा बाईजी, पार्वती बाईजीको विशेष उपस्थितिमा एक दिवसीय सत्संग समारोह बडो धुमधाम सित पालन गरियो। मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको तसवीरमा खदा अर्पण साथै दीप प्रज्वलन् भई साथै कार्यक्रम शुआरम्भ भयो। उक्त कार्यक्रमको अघिल्लो चरणमा आत्मा अनुभवी संत महात्मागण बाट धर्मशास्त्रमा आधारित आत्मज्ञान विषयमा सत्संग प्रवचनहरू प्रस्तुत गरेयो। समारोहमा पान्दाम शाखाका बाल कलाकारहरूद्वारा सरस्वती वन्दना एवम् नृत्यहरू प्रस्तुत गरेका थिए भने विभीन्न शाखाबाट भजन गायक आर्यन तामाङ, पदमा राई, मन्दीप शर्मा, भारती राई, निर्दिशिका, सक्षम राईले सुमधुर भजनहरू प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा बदमताम, ग्लेनबर्न, बेनेकबर्न, फुबसिरिङग,सोनादा, दार्जीलिड, सिडर्स, बर्नर्सबेक, कलेज भेल्ली शाखाका प्रेमी भक्तजनको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा दार्जीलिङ कालेबुङ तहसीलबाट सुदर्शन छेत्री, सुशील गुरुङ दार्जीलिङ ग्राम पन्चायत २ का उपप्रधान साजन राई, सभापति राजेन थापा, डम्बरनाथ शर्मा, राम छेत्री, कमल छेत्री, पासङ तामाङ गोपाल छेत्री, राजु सुब्बा, पदम छेत्री, रतन पाख्रीन, जीवन बम्जन, सम्भु प्रधान ,सुश्री सुनिता मुखिया,सुमिना थापा, अनि प्रज्वल शर्मा , दुर्गा गुरुङ, गोकुल शर्माको विशेष उपस्थिति रहेको थियो। अन्तमा बाल सभाका नानीहरूलाई उपाहारहरू पनि प्रदान गरिएका थिए। दार्जीलिङ तहसील सचिव भक्त लामा ज्यू द्वारा सञ्चालित कार्यक्रममा योगेश पाख्रीनले स्वागत वक्तव्य र सोबित छेत्रीले धन्यवाद ज्ञापन गरेको जानकारी समितिका युवा संयोजक सुशील गुरुङले दिएका छन्।

About Author

Advertisement