दार्जिलिङ, खरसाङ र सिलगढी क्षेत्रका साहित्यकारहरुद्वारा नाम्चीस्थित नेपाली पुस्तक संग्रहालयको निरीक्षण भ्रमण

IMG-20250210-WA0255

खरसाङ: दार्जिलिङ, खरसाङ र सिलगढी क्षेत्रबाट साहित्यकारहरुको टोलीले सोमबार दक्षिण सिक्किमको नाम्चीस्थित डिभाइन थिउलोजिकल ओपेन युनिभर्सिटीद्वारा सञ्चालित नेपाली पुस्तक संग्रहालयको निरीक्षण भ्रमण गरेका छन्। उक्त टोलीलाई साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले अगुवाई गरेकी थिइन्। यस टोलीमा आशा मुखिया लामा लगायत दार्जिलिङबाट वरिष्ठ साहित्यकार डा गिता छेत्री, सिलगढीबाट बाल साहित्य अकादमी पुरस्कार प्रापक मुक्ति उपाद्यय बराल, खरसाङबाट प्रकाशक पारस लामा, युवा साहित्य अकादमी पुरस्कार प्रापक साहित्यकार सञ्जीव छेत्री र कवि एंव पत्रकार हनोक थापा, सत्यम गुरुङ आदि उपस्थित रहेका थिए। उक्त टोलीलाई नाम्चीको काजीटारस्थित डिभाइन थिउलोजिकल ओपेन युनिभर्सिटीको चान्सलर डा मनोजकुमार राईले स्वागत जनाएका थिए। यस अवसरमा आशा मुखिया लामा, डा गिता छेत्री र मुक्ति उपाद्यय बरालद्वारा नेपाली पुस्तक संग्रहालयलाई आफ्ना आफ्ना पुस्तकहरु प्रदान गरेका थिए भने तीनैजनाले आफ्नो कृतिहरु साथै आफुले किनेका अन्य स्रष्टाहरुका पुस्तकहरु पनि प्रदान गरेका थिए। डिभाइन थिउलोजिकल ओपेन युनिभर्सिटीद्वारा सञ्चालित नेपाली पुस्तक संग्रहालयको स्थापना गत वर्ष २०२४ मा भएको थियो भने हालमा विभिन्न भाषाको 20 हजार पुस्तकहरु रहेको जसमा 6 हजार जति पुस्तकहरु नेपाली भाषामा लेखिएका रहेका छन्। यस नेपाली पुस्तक संग्रहालयमा नेपाली साहित्यको विभिन्न विधामा लेखिएका पुस्तकहरुलाई सुसञ्जित प्रकारले संकलन गरेर राखिएको देखियो भने विभिन्न स्थानहरु्ा रहेका लेखक साहित्यकारहरुले लेखेका पुस्तकहरुलाई पनि सठील तरिकाले राखिएको देखिएको छ। यस सौहार्दपूर्ण भेटघाटमा डिभाइन थिउलोजिकल ओपेन युनिभर्सिटीका चान्सलर डा मनोजकुमार राईले‌ साहित्य लेख्नु मात्रै होइन तर नेपाली भाषाको संरक्षण र सम्बर्द्धन गर्नु पनि आफुहरुको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले भने, हामीले वार्षिक रुपमा साहित्यकारहरुलाई सम्मान पनि जनाउने गरेको जानकारी गराउँदै आफुहरुद्वारा सञ्चालित नेपाली पुस्तक संग्रहालयमा नेपाली साहित्यको विभिन्न लेखकहरुले लेखेका विभिन्न पुस्तकहरु संग्रह गर्ने लक्ष्य रहेको बताएका छन्। उनले दार्जिलिङ, खरसाङ र सिलगढी क्षेत्रबाट आएका साहित्यकारहरुप्रति आभार प्रकट गरेका छन्। उनले आज दार्जिलिङ, खरसाङ र सिलगढी क्षेत्रबाट गएका साहित्यकारहरुलाई सम्मान जनाउने पनि आश्वासन दिएका छन्।‌ यस अवसरमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामाले आफ्नो कृतिहरु साथै आफुले संकलन गरेका पुस्तकहरु पनि प्रदान गरेका छन्। यस अवसरमा उनले यताबाट गएका साहित्यकारहरुको परिचय पनि गराएकी थिईन्। उनले नेपाली पुस्तक संग्रहालयको प्रशंसा गर्दै भविष्यमा पनि पुस्तकहरु प्रदान गर्ने वचनबद्धता प्रकट गरिन् भने अरुबाट पनि संकलन गरिदिने बताएकी छन्।‌ यसै अवसरमा डा गिता छेत्री, मुक्ति उपाद्यय बरालले‌ पनि आफ्ना आफ्ना तर्फबाट वक्तव्य राखेका थिए।

यसै क्रममा दक्षिण सिक्किम साहित्य संस्थानको अध्यक्ष दलमान डी गुरुङ, कला साहित्य संस्थान खरलाङ बिकमतका अध्यक्ष गोकुल राई, कैलाश गुरुङ आदिले पनि वक्तव्य राखेका थिए। यस भेटघाटमा नाम्ची क्षेत्रका साहित्यकारहरु देवकुमारी बस्नेत, पेम नर्बु शेर्पा, सरमान सुब्बा रसिक लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त सौहार्दपूर्ण भेटघाटमा नाम्ची क्षेत्रका साहित्यकारहरु र खरसाङ, दार्जिलिङ, सिलगढीबाट गएका साहित्यकारहरुमाझ आफ्ना आफ्ना पुस्तकहरु साटासाट पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement