घुम्ती चियाबारीमा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा

IMG-20250210-WA0252

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभा आज घुम्ती चियाबारीमा सम्पन्न भएको छ। उक्त सभा श्यामकुमार खवासको अध्यक्षता र प्रवीण दर्नालको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिकाे प्रवक्ता बिपन विश्वकर्म, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या सरिता मुखियाले वक्तव्य राखेका थिए। वक्ताहरुले भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा चर्चा परिचर्चा गरेका थिए भने घुम्ती चियाबारीमा भागोप्रमो पार्टीको सांगठनिक गतिविधि विषयमा वक्तव्य राखेका थिए। सभामा महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्या सुदेसना लेप्चा, सर्जुन, निलेस खवास, दिपेन्द्र खवास, बसन्त राई लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ यस सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत तेह्रौं चरणको सांगठनिक सभा घुम्ती चियाबारीमा सम्पन्न भएको जानकारी गराएका छन्। उनले तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभाहरु आयोजना गरिएको र भविष्यमा समष्टिकाे सबै बुथहरुमा आयोजना गरिने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement