तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टः जीटीए इलेवेन रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250210-WA0240

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा जीटीए इलेवेन ले रोमाञ्चक जीत हासिल गऱ्यो। जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा सोमवार खेलिएको म्याचमा जीटीए इलेवेनले सरला महिला फूटबल एकाडमी (दिनाजपुर) विरुद्ध पेनल्टी शूटआउटमा ४-१-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा प्रिया सरकारले दिनाजपुरको टीमबाट गोल गरिन्। यसरी जीटीए इलेवेन बाट प्रतिज्ञा छेत्रीले अन्तिम समयमा गोल गर्दा स्कोर १-१-को बराबरीमा पुगेको थियो। विजेता टीमकी खेलाड़ी प्रतिज्ञा छेत्रीले स्टार अव् द म्याच को पुरस्कार जितिन्। मंगलवार खेलिने म्याचमा देबाञ्जन शेयर गर्ल्स एकाडमी र ईगल एफसी (बिहार)-बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा जम्मा १० वटा शीर्ष टीमहरूले हिस्सा लिएको छ। फाइनल १८ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement