मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा आठवटा उजुरी दर्ता

IMG-20250210-WA0235

विराटनगर: राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा चालु आर्थिक वर्षमा ८ वटा उजुरी दर्ता भएका छन्। कार्यालयका अधिकृत यमराज आङबोका अनुसार ३३ वटा सामान्य उजुरी समेत परेका हुन्।
कोशी प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लाबाट उजुरी तथा गुनासो आउने गरेको कार्यालयले जनाएको छ। मोरङ जिल्लाबाट मात्र दुई वटा उजुरी दर्ता भएका छन्। ती मध्ये एउटा व्यक्ति बेपत्ता पारिएको र अर्को बाल अधिकार हननसम्बन्धी रहेको छ। सुनसरी, ताप्लेजुङ र झापा जिल्लाबाट समेत उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरीहरूमा सांस्कृतिक, जातीय, धार्मिक, बालबालिकाको हकहित र स्वच्छ वातावरणको हकसम्बन्धी विषय रहेका छन्।
यस्तै कार्यालयमा आउने सामान्य उजुरीमा घरेलु हिंसाका घटना बढी रहेका छन्। अधिकृत आङबोका अनुसार पछिल्लो वर्ष विशेष प्रकृतिका उजुरी नपरे पनि सामान्य उजुरीहरू भने आएका थिए। कार्यालयमा दर्ता भएका उजुरीको छ महिनाभित्र अनुसन्धान सम्पन्न गरी केन्द्रीय कार्यालयमा विवरण पठाइने गरिएको छ। चालु आर्थिक वर्षमा दर्ता भएका केही उजुरी समाधान भइसकेको कार्यालयले जनाएको छ। मोरङ जिल्लामा घरेलु हिंसामा पुरुष समेत पर्ने गरेको उजुरी कार्यलयमा आउने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement