युवा अलराउण्डर जेकब बेथेल च्याम्पियन्स ट्रफीबाट बाहिर हुँदा ईंग्ल्याण्डलाई धक्का

IMG-20250210-WA0232

नयाँ दिल्ली: ईंग्ल्याण्डका युवा अलराउण्डर जेकब बेथेल ह्यामस्ट्रिंगको चोटले गर्दा आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिर भएका छन्। बेथेलको चोटले १९ फरवरीदेखि शुरु हुने यस प्रतिष्ठित टुर्नामेण्टमा ईंग्ल्याण्डको सम्भावनाहरूलाई ठूलो झट्का लागेको छ। ईंग्ल्याण्डका कप्तान जोस बटलरले भारतविरुद्ध दोस्रो वनडे म्याचको समाप्तिपछि यस खबरको पुष्टि गरे। बटलरले भने, ईमानदारीपूर्वक भन्नु पर्दा उनी (बेथेल) च्याम्पियन्स ट्रफीमा खेल्न नसक्ने मलाई पूर्ण विश्वास छ। यो उनको निम्ति वास्तवमा निराशाजनक कुरा हो कारण उनले पहिलो वनडेमा असल प्रदर्शन गरेका थिए। अहिले चोटले गर्दा च्याम्पियन्स ट्रफीबाट बाहिर हुँदा उनी निराश छन्। देब्रे हातका ब्याटर २१ वर्षीय बेथेलले भारतविरुद्ध नागपुरमा खेलिएको पहिलो वनडे म्याचमा अर्द्धशतक बनाउनको साथै १ विकेट पनि लिएका थिए। चोटले गर्दा उनले दोस्रो वनडेमा हिस्सा लिएनन्। बेथेलको कवरको रूपमा ईंग्ल्याण्डले टम बेटनलाई टीममा सामेल गरेको छ। च्याम्पियन्स ट्रफीको निम्ति प्रत्येक टीमले १२ फरवरीसम्म आफ्नो अन्तिम टीमको घोषणा गर्नु पर्नेछ। च्याम्पियन्स ट्रफीको आयोजन पाकिस्तान र दुबईमा १९ फरवरीदेखि हुनेछ। टुर्नामेण्टमा ईंग्ल्याण्डको पहिलो म्याच २२ फरवरीमा अष्ट्रेलियाविरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement