अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मधु चिया बागान हाई स्कूलकी छात्रा अञ्जली ओराव परीक्षा दिन गल्तिले आफ्नै स्कूल पुगिन्। उनको परीक्षा केन्द्र अर्को स्कूलमा थियो, जुन त्यहाँबाट धेरै टाढा थियो र धेरै समय पनि थिएन। यस घटनाको जानकारी पाउने बित्तिकै, मधु हाई स्कूलमा ड्युटीमा तैनाथ पुलिस अधिकृतलाई यसबारे जानकारी गराइयो र पुलिस अधिकृत विश्वनाथ हस्दाले तुरुन्तै उम्मेदवारलाई उनको बाइकमा राखेर परीक्षा केन्द्र, दल सिंह पाडा हाई स्कूल लगे। पुलिस अधिकृत विश्वनाथ हस्दाको सहयोगले गर्दा अञ्जली आज परीक्षामा सहभागी हुन सफल भइन्। स्थानीय बासिन्दा र अन्य पुलिस कर्मचारीहरूले पुलिसको कामको प्रशंसा गरेका छन्।











