खरसाङ: खरसाङमा हाउजिङ फर अलको रकममा अनियमितता विषयलाई लिएर गोर्खा युवा एक्टिभिष्ट समूह ग्यानका सदस्य एवं सोसियतल एक्टिभिष्ट आरके शर्माको अगुवाईमा आजदेखि खरसाङमा धरणा प्रदर्शन शुरु गरेका छन्। हाउजिङ फर अलका लाभार्थीहरुलाई लिएर खरसाङ महकुमा शासक कार्यालय अघि आजदेखि धरणा प्रदर्शन शुरू गरिएको छ। ज्ञानका सदस्य आरके शर्मा र हाउजिङ फर अल योजनाको लाभार्थीहरुले खरसाङ नगरपालिकामा हाउजिङ फर अल योजनाको सर्वेक्षण सठीक रुपमा नभएको र लाभार्थीहरुले पाउनु पर्ने रकमको लागि खरसाङ महकुमा शासक, जिल्ला अधिकारीलाई पनि पत्रचार गरेर हस्तक्षेप गरेर लाभार्थीहरुलाई प्रदान गरिदिने मांग गरिए पनि कुनै समाधान नभएकोले आजदेखि खरसाङ महकुमा शासक कार्यालय अघि धरणा प्रदर्शन शुरु गरिएको बताइएको छ। उक्त धरणा प्रदर्शन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा युउथ् एक्टिभिष्ट समूहको सदस्य आरके शर्माले खरसाङ नगरपालिकामा हाउजिङ फर अल योजनाको लाभार्थीहरुले समयमा नै रहल रकम नपाएको भन्दै आजदेखि धरणा प्रदर्शन शुरु गरिएको जानकारी गराएका छन्। उनले हाउजिङ फर अल योजनाको सर्वेक्षण पनि सठीक रुपमा नभएको र अहिलेसम्म केवल २-३ वटा वार्डहरुमा मात्र भएको अनि यो सर्वे पनि कुन आधारमा भईरहेको छ त्यो पनि सठीक नभएको आरोप लगाएका छन्। उनले बताए अनुसार हाउजिङ फर अलको रकममा अनियमितताबारे उनीहरूले निरन्तर काम गरिरेका छन्।

यस विषयलाई लिएर प्रशासनिक सभा पनि सम्पन्न भएको अनि सभापछि केही हुन्छ भन्ने आशा राखेता पनि कुनै ठोस पहल नभएपछि उनीहरू कोलकाता अनि दिल्ली पनि गए। त्यहाँबाट पाइएको रिपोर्ट अनुसार २०१९-२०अनि यताको रकम सरकारद्वारा दिएसकेको आरके शर्माले जानकारी दिएका छन्। यो रकमको पारदर्शीता सहित लेखा-जोखा भन्न खातिर यो धरणा शुरू गरिएको उनले बताएका छन्।











