कोलकाता: पार्थिव निवेटिया, कार्यकारी निर्देशक, अम्बुजा नियोटिया हेल्थकेयर भेञ्चर, श्रीमती मधु निवेटिया, सुश्री कोयल मल्लिक, भागीरथी निवेटिया वुमेन एण्ड चाइल्ड केयर सेन्टरद्वारा आयोजित बालबालिकाहरूको कार्निभल “बेबीज डे आउट” को केक काट्ने समारोहमा सहभागी बने। गत ९ फरवरीमा गोल्ड एकर, पी. सी. चन्द्रा गार्डेनमा भागीरथी निवेटिया वुमेन एण्ड चाइल्ड केयर सेन्टरले “बेबीज डे आउट” को भव्य आयोजना गर्यो, जहाँ ठूलो संख्यामा आमाहरू आफ्ना साना बालबालिकाहरूलाई लिएर उपस्थित भएका थिए। विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरू, बालबालिकाहरूको हेरचाहसँग सम्बन्धित स्टलहरू, खानेकुराका स्टलहरू उल्लेखनीय संख्यामा थिए। श्रीमती मधु निवेटिया स्वयं कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा सहभागी थिइन्। यो कार्निभल अत्यन्तै सफल रह्यो।










