थ्री कोन युनाइटेड एफसी र अभिवृद्धि एफसी विजयी

IMG_20220905_192703.jpg

५ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा सोमवार दुईवटा म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा आज भएको पूल ए-को म्याचमा थ्री कोन युनाइटेड एफसी-ले टर्नबुल हायर सेकेण्डरी स्कूललाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट केवांगले २ गोल गरे। यसरी नै उपेन छेत्री र विशिष्ट राईले १-१ गोल गरे। यसरी नै टर्नबुल हायर सेकेण्डरी स्कूलबाट पासाङ तामाङ र मनिष छेत्रीले १-१ गोल गरे। यसरी नै ग्रुप बी-को म्याचमा अभिवृद्धि एफसी-ले दार्जीलिङ फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सैलेश सुब्बाले २ अनि आकाश तामाङले १ गोल गरे।

About Author

Advertisement