ठेकेदार कम्पनी सम्पर्कविहीन, बिर्तामोड नगर अस्पतालको निर्माण अलपत्र

IMG-20250210-WA0193

बिर्तामोड: ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि बिर्तामोड नगर अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ।
हस्तान्तरणको समय एक महिना रहँदा अस्पतालको तीन तले भवनको ३५ प्रतिशत मात्र निर्माण हुन सकेको छ। २५ बेडको नगर अस्पताल भवन निर्माण गर्न ठेक्का लागेको भवन अलपत्र बनाएर ठेकेदार सम्पर्कविहीन भएको बताइएको छ।
दुई महिनादेखि ठेकेदार सम्पर्कबाहिर रहेको बिर्तामोड नगरपालिका स्रोतले जनाएको छ। संघीय सरकारको १५ करोड ३४ हजार ३३६ रुपैयाँको लागतमा बन्ने अस्पताल भवनको काम अहिले अलपत्र बनेको छ।
२०२३ मार्च २७ मा भवन निर्माणका लागि सम्झौता भएको थियो। सो भवन यसै वर्षको फारबरी ८ मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। तर, भवन सम्पन्न गर्ने समय सकिन एक महिना मात्र बाँकी रहँदा ठेकेदार नै सम्पर्कमा आएका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement