खेल मन्त्रालयद्वारा खेल सल्लाहकार समिति गठन

IMG-20250210-WA0162

नयाँ दिल्ली: खेल मन्त्रालयले नयाँ प्रतिभाहरू खोज्न अनि उनीरूलाई उचित मार्गदर्शन प्रदान गर्नको साथै चयनमा पारदर्शिताको निम्ति १७ सदस्यीय खेल सल्लाहकार समिति गठन गरेको छ। खेल मन्त्री मनसुख माण्डवियाको अगुवाईमा रहने यस समितिमा ओलम्पिक पदक विजेता लिएण्डर पेस, साइना नेहवाल र मेरी कोम पनि सामेल छन्। यस समितिले खेलाड़ीहरूका प्रदर्शनमाथि पनि नजर राख्नेछ। खेल राज्य मन्त्री रक्षा खडसे समितिको भाइस चेयरपर्सन हुनेछिन्। समितिले खेलाड़ीहरूले सामना गर्नु पर्ने चुनौतीहरूलाई पनि ध्यानमा राख्नेछ। समितिका अन्य सदस्यहरूमा साइनी अब्राहम, जफर इकबाल, हीना सिद्धू पनि छन्। समितिलाई सहयोग गर्न खेल विशेषज्ञहरूका एउटा प्यानल पनि बनाइएको छ। त्यसमा रानी रामपाल, विजेन्दर सिंह, अल्का तोमर, हंसा शर्मा, डीके राठौड़, डोला ब्यानर्जी, शिव सिंह जस्ता खेलाड़ी र प्रशिक्षक सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement