मुख्यमन्त्री प्रेमसिंह तामाङले दिल्ली विधानसभामा चुनावमा उत्कृष्ट विजय हासिल गरेकोमा भाजपालाई बधाई टक्राए

IMG-20240924-WA0304

गान्तोक: विधानसभा चुनाउ २०२५ मा भारतीय जनता पार्टीको उत्कृष्ट विजयको लागि प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह र केन्द्रिय स्वास्थ्यमन्त्री तथा भाजपा अध्यक्ष जेपी नड्डालाई मुख्यमन्त्री प्रेमसिंह तामाङले हार्दिक बधाई टक्राएका छन्। मुख्यमन्त्रीले भाजपाको यो विजय जनताको दूरदर्शी नेतृत्व र परिवर्तनकारी शासनमा अटल विश्वासको प्रमाण रहेको बताएका छन्।मुख्यमन्त्रीले आज सोशियल साइट फेसबुकमा बधाई टक्राएका छन्।
मुख्यमन्त्रीले यस ​विजयमा योगदान पुऱ्याउने सबै कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको समर्पण र कडा परिश्रमको पनि सराहना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement