गान्तोक: महाकुम्भ महोत्सवमा सहभागी बन्न क्याबिनेटका सदस्यहरू साथै विधायकहरूको एउटा जम्बो प्रतिनिधी टोलीलाई नेतृत्व गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ आज अधिक साँझ उत्तर प्रदेशको प्रयागराज पुगे। मुख्यमन्त्रीको साथमा सिक्किम सरकारका सबै मन्त्रीगण र विधायकहरू साथै अन्य पनि प्रयागराज पुगेका छन्। उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै राज्यपाल ओम प्रकाश माथुरलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वंयले विशेष निमन्त्रणा पठाएका थिए। राज्यपाल माथुरले अगावै महाकुम्भको दर्शन गरिसकेका छन्।










