पाक्योङ: प्रत्येक शुक्रबारको दिन हुने पाक्योङ जिल्ला प्रशासन अधिकारी टोलीको फिल्ड डे कार्यक्रम अन्तर्गत आज विभिन्न ठाउँका कृषकहरुसंग अन्तरक्रिया गरियो। खेतीका लागि बाँझो भूमिको पुनप्रयोगलाई केन्द्र दगरेर जिल्ला प्रशासनले प्रत्येक हस्तापको शुक्रबार यो अभियान टलाउँदै आएको छ। जसलाई पिल्ड डे नाम दिइएकरो छ। अभियानको २४औं हप्ताको पहलअन्तर्गत मकै उत्पादनको लागि तयार पारिएका सुक्खा क्षेत्रहरूलाई उत्पादक क्षेत्रहरूमा परिणत गर्ने कार्य पूरा गरेको छ। बाँझो भूमिको रूपान्तरण अभियानको प्रमुख लक्ष्य रहेको भनाइ छ। खरीफ बाली मौसमको शुरुवातसँगै सबै २८ ग्राम पञ्चायत एकाइहरूमा मकै खेतीका लागि बाँझो भूमिको तयारी शुरु गरिएको जानकारी प्रेस बयानमा दिएको छ। दिगो कृषि प्रवर्द्धन र कृषक समुदायको दिगो कृषि अभ्यासहरूप्रति प्रतिबद्धतालाई बढावा दिने लक्ष्य राखिएको छ। जिल्ला प्रशासनले पञ्चायतहरू, कर्मचारीहरू र विभिन्न विभागका अधिकारीहरूलाई साझा लक्ष्यतर्फ एकसाथ काम गर्ने प्रेरित गरेको छ।
प्रेस बयानमा उल्लेख गरेअनुसार जिल्ला प्रशासनको उद्देश्य खेतीका अभ्यासहरूलाई सुदृढ पार्ने, जैविक गतिविधिलाई प्रवर्द्धन गर्ने र दिगो कृषि विकासलाई सहयोग गर्ने हो। सबै सरोकारवालाहरूको सामुहिक प्रयासमा सहभागी बन्ने जिल्ला प्रशासनले अआह्वान पनि गरेको छ।









