मंगन: मंगन जिल्लापाल अनन्त जैनले आज जिल्ला प्रशासनिक केन्द्रमा श्रमिकहरुको नाम दर्ता र आवागमनलाई लिएर एक समन्वय बैठकको अध्यक्षता गरे। बैठकमा मंगन जिल्ला पुलिस अधीक्षक सोनाम देचु भोटिया, मंगन जिल्ला अतिरिक्त जिल्लापाल डा. सोनाम रिन्चेन लेप्चा, मंगन महकुमा अधिकारी अभिजीत राजेन्द्र पाटिल, लगायत सरकारका विभिन्न विभागीय अदिकारीहरुको बाक्लो सहभागिता थियो। बैठकले छलफल गर्ने क्रममा श्रमिक दर्ताको प्रक्रिया र श्रम अनुमति क्षेत्रबारे चर्चा गरेको छ। उत्तर सिक्किमका अधिकांश भागहरूलाई प्रतिबन्धित क्षेत्रको रूपमा राखिएको कारण असंगठित क्षेत्रमा श्रमिकहरुको बढ्दो संख्या, अवैध बसोबास र दर्ताको क्रममा प्रमाण पत्र गर्ने महत्त्वबारे गम्भीरतासित छलफल गरेको थियो। सहभागी अधिकारीहरुलाई दर्ताको प्रक्रियामा अनिवार्य प्रमाणपत्रहरूको जायजा लिने निर्देश गरेको छ। जसमा आधार र मतदाता कार्ड आवश्यक हुने उल्लेख गरेको छ। विशेष विभिन्न ठाउँमा कामगर्ने कामदारहरू र सिलाई तथा सिकर्मी जस्ता व्यवसायहरूमा संलग्न व्यक्तिहरूका लागि दुई प्रकारका दर्ता फारमहरू उपलब्ध गराएको छ। श्रमिकहरूको पहिचान, दर्ता र प्रमाणीकरण गर्न श्रम र पुलिस विभागद्वारा संयुक्त निरीक्षणको लागि निर्देश गरेको छ। भवन तथा अन्य निर्माण श्रमिकहरु, योजनाअन्तर्गत कामदारहरूलाई दर्ता गर्ने र सम्बन्धित लाभहरूको बारेमा जागरूकता बढाउने महत्त्वमा जोड दिइएको थियो। श्रमिकहरुसित संलग्न संस्थाहरूलाई समयमै कामदारहरूको आगमन र प्रस्थानको बारेमा प्रहरी र सम्बन्धित विभागहरूलाई सूचित गर्ने सल्लाह दिइएको छ।
आफ्नो सम्बोधनमा, जिल्लापालले श्रमिकहरूलाई दुई समूहमा वर्गीकरण गर्ने आवश्यकतामा जोड दिए। आधार र थप पहिचान प्रमाण भएकाहरू र केवल आधार भएकाहरूमाथि केन्द्रित हुने बताए।










