गान्तोक: सिक्किमका म्याराथनम्यान अमर सुब्बा र उनको तीन सदस्यीय धावक टोली अरुणाचल प्रदेशका लागि प्रस्थान भएका छन्। टोलीले ९ फरवरीको दिन अरुणाचल प्रदेशको नामसाईमा आयोजना हुने गोल्डन प्यागोडा म्याराथन २०२५ मा भाग लिनेछ। यसपटक अमर सुब्बालाई अरुणाचल प्रदेश सरकारको पर्यटन विभागले आयोजन गरेको गोल्डन प्यागोडा म्याराथनमा विशेष अतिथिका रुपमा निमन्त्रणा गरिएको छ। सुब्बाले यसका लागि अरुणाचल प्रदेश सरकारको पर्यटन विभागलाई आभार व्यक्त गरेका छन्। यो सिक्किम राज्यको लागि ,सम्मानको कुरा रहेको उल्लेख उनले गरेका छन्। सिक्किमका तीन सदस्यीय धावक टोलीमा म्याराथनम्यान अमर सुब्बा, अनुदा तामाङ, शान्ति राई र बिबेक दाहाल सामेल रहेका छन्।










