जोहान्सबर्ग: अफगानिस्तानका स्टार स्पिनर राशिद खान टी२० क्रिकेटमा सबैभन्दा सफल बलर बनेर खुशी भए पनि उनको लक्ष्य यस प्रारूपमा १००० विकेट लिने रहेको छ। राशिदले अहिले एसए२०-मा एमआई केपटाउनको प्रतिनिधित्व गरिरहेका छन्। दक्षिण अफ्रिकामा जारी यस लीगको अवधि राशिदले वेष्ट इण्डिजका ड्डेन ब्राभोको रेकर्डलाई तोड़्दै ६३३ विकेटको साथ खेलको सबैभन्दा छोटो प्रारूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए। राशिदले भने, टी२०-मा सर्वाधिक विकेट लिने बलर बनेर मलाई खुशी छु कारण मेरो करियर त्यति लामो रहेको छैन अनि छोटो समयमै यस विशेष उपलब्धिसम्म पुग्नु अविश्वसनीय कुरा हो। अहिले मैले इण्टरनेशनल क्रिकेट खेल्न शुरु गरेको केवल ९ साल भएको छ अनि डीजे ब्राभोले यो रेकर्ड धेरै सालसम्म (८ सालसम्म) कायम राखेका थिए। राशिदले भने, मैले त २०१४-१५-मा मैले विश्वभरि टी२० इण्टरनेशनल र (फ्रेञ्चाइजी) लीगहरू खेल्ने सोचेको थिइनँ। म केवल यसलाई जारी राख्ने अनि यसलाई जति सम्भव ठूलो बनाउने कोशिश गर्नेछु। अब मेरो लक्ष्य १००० विकेट हासिल गर्नु रहनेछ। फिट रहेर असल प्रदर्शन गर्न सके मलाई लक्ष्यसम्म पुग्ने भरोसा छ। म सदा आत्मविश्वासी रहन्छु।










