कटक: भारतका स्टार ब्याटर विराट कोहलीको दाहिने घुँड़ाको चोट निको भइसकेको छ अनि आइतवार ईंग्ल्याण्डविरुद्ध दोस्रो वनडे इण्टरनेशनल म्याच खेल्न फिट छन्। ब्याटिंग प्रशिक्षक सितांशु कोटकले यस खबरको पुष्टि गरेका छन्। सीरीजको दोस्रो वनडे म्याचको पूर्व सन्ध्यामा कोटकले भने, कोहली म्याच खेल्न फिट छन्। उनी अभ्यासको निम्ति आए अनि मैदानमा ओर्लिन तयार छन्। कोहली म्याचमा खेले ओपनर यशस्वी जयसवाल र गत म्याचमा अर्द्धशतक बनाउने श्रेयस अय्यरमा कुन खेलाड़ीलाई प्रथम एकादशबाट बाहिर गरिनेछ भन्ने विषयमा चाहिँ ब्याटिंग प्रशिक्षकले कुनै टिप्पणी गर्न चाहेनन्। उनले भने, यो कप्तान (रोहित शर्मा) र प्रशिक्षक (गौतम गम्भीर) -ले फसेला लिनेछन्। यसबारे म टिप्पणी गर्न सक्दिनँ। यसको साथमा कोटकले भारतीय कप्तान रोहितको खराब फर्मलाई केवल एउटा खराब चरण बताए। भारतीय ब्याटिंग प्रशिक्षकले भने, रोहितले गत केही समयदेखि रन बनाउन नसकेको कुरा सत्य हो तर यो केवल एउटा खराब चरण हो। प्रत्येक क्रिकेटरको करियरमा यस्तो चरण आउँछ। उनी जस्ता खेलाड़ीलाई फर्म हासिल गर्न एउटा असल ईनिंग्स नै पर्याप्त हुन्छ।











