चिया बगानको ३० प्रतिशत जमिनमा उद्योग स्थापनाको घोषणाविरुद्ध प्रदर्शन

IMG-20250208-WA0219

सिलगढी: चिया बगानको ३० प्रतिशत जमिनमा उद्योग स्थापना गर्ने सरकारको घोषणाको विरोधमा दार्जीलिङ जिल्ला चिया कामदार मजदुर युनियनले कडा विरोध जनाएको छ।

नक्सलबारी: मुख्यमन्त्रीले उद्योगपतिहरूलाई चिया बगानको भूमि उपलब्ध गराउने घोषणा गरेकी छन्। यसको विरोधस्वरूप, राज्य सरकारले जारी गरेको सरकारी ग्याजेट अधिसूचनालाई शनिबार नक्सलबारीको पानीघट्टा मोडमा जलाइयो। मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार कोलकातामा आयोजित बङ्गाल बिजनेस समिटमा उद्योगपतिहरूसामु घोषणा गरेकी थिइन् कि व्यापारीहरूले वाणिज्यिक रूपमा चिया बगानको ३० प्रतिशत भूमि उपयोग गर्न सक्नेछन्। यस निर्णयप्रति चिया बगानका मजदुरहरू असन्तुष्ट छन्। उनीहरूको आरोप छ कि यस निर्णयले चिया उद्योग ध्वस्त हुनेछ र हजारौं मजदुर बेरोजगार बन्नेछन्। यदि सरकार तुरुन्तै यो निर्णय फिर्ता लिंदैन भने सीपीएम र मजदुर युनियनहरूले चाँडै नै आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement