काठमाण्डौ: नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले भब्य रुपमा सोनाम ल्होसार मनाएको छ| समाजमा सेवा गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान सहित ख्याती प्राप्त कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम गरि सम्पन्न अगरेको छ। आज प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु सहितको उपस्थितिमा आफ्नो सामुदायको धर्म सांस्कृतिक र परम्परालाई जोगाउनको लागि कार्यक्रम गरेको समितिका अध्यक्ष रुप तामांगले बताउनुभयो। सोहि समितिका कार्यसमितिद्वारा स्थापना गरिएको दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्थाको स्टल राखी निशुल्क खाता समेत खोल्ने कार्य गरिएको थियो। यस समितिले बर्षेनी यस प्रकारका कार्यक्रमहरु गर्दै आइरहेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अबस्थित उक्त समितिले आज माकलबारीमा भब्य कार्यक्रम गरेको हो।









