एचसीजी क्यान्सर सेन्टर, न्यू टाउन, कोलकाताले प्रतिष्ठित अङ्कोलोजिष्टहरूसँग एचसीजी रोबोटिक अङ्को कङ्क्लेवको आयोजना गर्यो

DOC-20250208-WA0015

कोलकाता: एचसीजी क्यान्सर सेन्टर, न्यू टाउन, कोलकाताले गत फरवरी ८ मा कोलकाता प्रेस क्लबमा एचसीजी रोबोटिक अङ्को कङ्क्लेव को आयोजना गर्यो। उक्त कार्यक्रममा अङ्कोलोजी विशेषज्ञहरूको एक समूह एकै मञ्चमा भेला भएर रोबोटिक्ससँग सम्बन्धित चिकित्सा प्रविधिको विकास र प्रगतिबारे छलफल गरे। यस कार्यक्रममा क्यान्सर उपचारमा विशेष अनुभव प्राप्त प्रतिष्ठित चिकित्सकहरू सहभागी भए। रोबोटिक शल्यक्रियामा दक्ष यी चिकित्सकमध्ये प्रमुख नामहरूमा डा राजीव शरण (एचओडी तथा सीनियर कन्सल्टेन्ट, हेड एन्ड नेक अङ्कोलोजी विशेषज्ञ), डा एस. के. बाला (कन्सल्टेन्ट, जीआई अङ्कोलोजी विशेषज्ञ), डा गौरव अग्रवाल (एचओडी तथा वरिष्ठ कन्सल्टेन्ट, सर्जिकल यूरो अङ्कोलोजी विशेषज्ञ), डा सुब्रत देबनाथ (कन्सल्टेन्ट, सर्जिकल स्त्रीरोग तथा प्रसूति अङ्कोलोजी विशेषज्ञ), डा प्रिया ईशपुनियानी (कन्सल्टेन्ट तथा थोरेसिक सर्जरी विशेषज्ञ), र डा करण सहगल (एसोसिएट कन्सल्टेन्ट, जीआई सर्जिकल अङ्कोलोजी विशेषज्ञ) रहेका छन्। विशेषज्ञहरूले रोबोटिक सर्जरीले क्यान्सर उपचारमा पुर्याउने फाइदाबारे व्यापक जानकारी प्रस्तुत गरे। चार हात भएको रोबोटिक मशिनको रेप्लिका पनि कार्यक्रममा प्रदर्शन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement