गुवाहाटी: भारत सरकारको पूर्व सैनिक कल्याण (रक्षा मन्त्रालय)- का सचिव डा. नितेन चन्द्रा, आईएएसले मेजर जनरल एसबीके सिंह, पुनर्वास महानिदेशकसित असम सैनिक कल्याण निदेशालय, गुवाहाटीको भ्रमण गरे ।उनले निदेशालयद्वारा संचालित कल्याण, वित्तीय तथा पूर्वाधारसित सम्बन्धित कार्यहरूको समीक्षा गरे। निदेशक ब्रिगेडियर पोलाश चौधरी, सेना मेडल (सेवानिवृत्त)-ले उनीहरूलाई सबै गतिविधि, विशेष रूपमा ईसीएचएससित जोड़िएका योजनाहरूको जानकारी गराए।डा. नितेन चन्द्राले निदेशालयद्वारा पूर्व सैनिकहरूको कल्याणका लागि गरिरहेकका उत्कृष्ट कार्यहरूप्रति सन्तोष व्यक्त गरे अनि यसलाई यसै सक्रियको साथमा जारी राख्ने आह्वान गरे।










