सिलगढी: सिलगढी मित्र सम्मेलनको ११६औं वार्षिकोत्सवको अवसरमा दीनबन्धु मञ्चमा दुई दिने कार्यक्रम आयोजना गरिनेछ। यो कार्यक्रम १५ र १६ फरवरीमा आयोजना हुनेछ। मेयर गौतम देवले शनिबार पत्रकार सम्मेलनमा यो घोषणा गरे। आजको पत्रकार सम्मेलनमा मित्र सम्मेलननीका महासचिव सौरभ भट्टाचार्य र अन्य सदस्यहरूको उपस्थिति थियो। मित्र सम्मेलनको ११६औं वार्षिकोत्सवको अवसरमा दुई दिनसम्म विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ।









