भिक्टोरियामा‌ एघार दिवसीय श्री श्री संगीतमय शिव महापुराण शुरु

IMG-20250208-WA0215

खरसाङ: खरसाङको वार्ड नम्बर १ मा अवस्थित भिक्टोरिया ग्राम सुधार समितिको आयोजनामा एघार दिवसीय श्री श्री संगीतमय शिव महापुराण शुरु भएको छ।‌ गत ५ फरवरीदेखि शुरु भएको एघार दिवसीय श्री श्री संगीतमय शिव महापुराण आगामी १५ फरवरीसम्म‌ चल्ने भएको छ। पहिलो दिन कलश यात्राको साथमा शिव महापुराण शुरु भएको छ।‌ उक्त कलश यात्रा खरसाङको डाउहिलस्थित भिक्टोरिया ग्राम सुधार समितिको समाज भवनदेखि शुरु भएर चारवटा मन्दिरहरु परिक्रमा गर्दै डाउहिल रोड भएर दोकान डाँडा, डीएफओ कार्यालय र प्रेसीडेन्सी कलेज हुँदै पुनः समाज घरमा आएर समाप्त भएको बताइएको छ।‌ त्यसपछि लगातार रुपमा विभिन्न भजन कीर्तन र प्रवचनसहित विभिन्न झाँकीहरुको साथमा बिहान, दिउँसो र बेलुका लगातार रुपमा चलिरहेको छ।

यस एघार दिवसीय श्री श्री संगीतमय शिव महापुराणमा‌‌ प्रवचनको लागि पण्डित राजेन गुरुजी र पूजा अर्चनाको लागि पण्डित चन्द्र गुरुजी उपस्थित रहेको जानकारी भिक्टोरिया ग्राम सुधार समितिको सदस्य किरण मुखियाले दिएका छन्। उनले बताए अनुसार प्रत्येक दिन भजन कीर्तन र प्रवचनसहित प्रवचन अनुसारको झाँकीहरु पनि प्रस्तुत भईरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement