खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सिविटार चियाबारीको बुथलाई लिएर आज सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा कल्याण तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिकाे सांगठनिक सचिव सीबी राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, युवा शक्तिको समष्टि सभापति केवल राई र पञ्चायत समिति सदस्य कुसाङ लामाले आदिले वक्तव्य राखेका थिए। वक्ताहरुले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा चर्चा परिचर्चा गरेका थिए। सभाको निर्णय अनुसार भागोप्रमो सिविटार बुथलाई लिएर आगामी १६ फरवरीमा पुनः सांगठनिक सभा आयोजना गरेर रिक्त रहेको पदहरुमा झट्टै पदाधिकारीहरु नियुक्त गरिने भएको छ। भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै सांगठनिक सभा समष्टिकाे विभिन्न स्थानहरुमा लगातार रुपमा भईरहेको छ। यसै क्रममा आज सिविटार चियाबारी बुथमा सम्पन्न भएको छ। यस्तो सांगठनिक सभा र शाखा पसौं अभियान आगामी दिनमा समष्टिकाे अन्य स्थानहरूमा पनि आयोजना गरिने भएको छ। आजको सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत सदस्य राजीव तामाङले भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत सांगठनिक सभा आज सिविटार चियाबारी बुथमा आयोजना गरिएको र आगामी १६ फरवरीमा पनि सभा आयोजना गरेर रिक्त पदहरुमा झट्टै नयाँ पदाधिकारीहरु चयन गरिने जानकारी गराएका छन्। उनले आजको सभामा राम्रै उपस्थिति रहेको जानकारी गराएका छन्।










