ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको शक्ति प्रदर्शन गर्दै मिरिकमा महाजुलुस सम्पन्न

IMG-20250208-WA0206

हामी माटो र जमीनको अधिकारको लागि अघि आएका छौं: अजय एडवर्डस

मिरिक: चियाबारी श्रमिकहरुको विभिन्न समस्याहरु र हालैमा ३० प्रतिशत चियाबारीकोलाई टी टुरिज्मको लागि प्रयोग गर्न दिने घोषणको विरोधमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले आज मिरिकमा विरोध जुलुस आयोजना गरेको छ। चियाबारी श्रमिकहरुको विभिन्न समस्याहरु लगायत जमीनको अधिकार साथै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको शक्ति प्रदर्शनका रुपमा पनि मिरिकमा विरोध जुलुस आयोजना गरिएको छ। पहाडमा नयाँ राजनैतिक पार्टीको रुपमा आएको ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो पूर्व घोषित कार्यक्रम अन्तर्गत आज मिरिकमा शक्ति प्रदर्शन गरेको छ। उक्त विरोध जुलुसमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्स, अन्य केन्द्रीय नेतृत्वहरुमा महेन्द्र छेत्री, एनबी खवास, प्रकाश गुरुङ लगायतका केन्द्रीय नेतृत्वहरु अनि डुवर्सबाट आदिवासी नेता राजेस काक्रा पनि उपस्थित रहेका थिए। उक्त विरोध जुलुसले मिरिक बजार परिक्रमा गरेको थियो।

उक्त जुलुस अवधि पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्सले जनता शोषित छ र जनताको लागि हामी अघि आएको बताएका छन्। उनले माटोको अधिकार, जमीनको अधिकार, चियाबारी श्रमिकहरुको विभिन्न समस्याहरु विषयमा र चियाबारी श्रमिकहरुको निम्नत्तम रोजगार अधिनियमको लागि यो महाजुलुस आयोजना गरिएको बताएका छन्‌‌। अजय एडवर्डसले विभिन्न प्रश्नहरुको उत्तर दिन्दै माटोको अधिकार साथै जमीनको अधिकार र चियाबारी श्रमिकहरुको विभिन्न समस्याहरु विषयमा हामी अघि आएको बताएका छन्‌। उनले अब आदिवासी गोर्खाहरु मिलेर यो संघर्षलाई अब पहाड तराई डुवर्स क्षेत्रमा जानेछौं भनी बताएका छन्।‌ उनले यो आज सकरात्मक, शान्तिपूर्णक क्रान्ति शुरु गरेको पनि बताएका छन्‌। गोर्खा आदिवासीले खेती गर्दै गरेको जनीन पनि ताकेर ठीक गरेको छैन र यसको हामी घोर विरोध गर्छौं भनी बताएका छन्।

यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय नेतृत्व एनबी खवासले पनि सम्बोधन गरेका थिए। उनले ३० प्रतिशत जमीन तोकेको छ जसले हामीलाई उच्छेदको संघारमा छौं। चियाबारी श्रमिकहरु पनि उच्छेदको संघारमा छन् जसको हामी घोर विरोध गर्छौं भनी बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement