आफ्नो श्रीमती लाई परपुरुष सङ्ग रङ्गेहात भेटेपछि…

IMG-20250208-WA0200

झापा: आफ्नै घरभित्र आफ्नै श्रीमतीसंग अनैतिक क्रियाकलाप गरिरहेका व्यक्तिलाई झापा कनकाई १ का प्रकाश कार्कीले खुकुरी प्रहार गरी घाइते बनाएका छन्। साँझ ७.३० बजे कन्काई १ बस्ने ४५ वर्षीय प्रकाश कार्कीको घरको कोठाभित्र उनकै श्रीमती अन्दाजी बर्ष ४४ की बिन्दा कार्की र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५५ का कुलबहादुर बस्नेतले अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा फेला पारी कार्कीले बस्नेतलाई खुकुरी प्रहार गरेका हुन्।
टाउकोमा खुकुरी प्रहारबाट बस्नेत घाइते भएका छन्। उनको अबस्था सामान्य रहेको बताइएको छ। अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट खटिएको टोलीले तीनै जना र बरामद गरेको खुकुरीसहित नियन्त्रणमा लिई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement