विराटनगर: विराटनगरमा पानी जमेको खाल्डोमा डुबेर आज (शनिबार) १ जना बालकको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-१८ खोक्सा बस्ने विजय ठाकुरका छोरा ६ वर्षीय प्रिन्स ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरनजिकको खेतबारीमा रहेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा बालकलाई फेला पारिएको थियो।
पानी जमेको खाल्डोमा डुबेको देखेपछि आफन्तले उद्दार गरेर उपचारका लागि कोशी अस्पताल ल्याएका थिए। अस्पताल ल्याइपुर्याउनसाथ दिउँसो २ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ।
खेल्दै जाने क्रममा बालक खाल्डोमा परेको र निस्कन नसक्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।










