देहरादून: हरियाणाले राष्ट्रिय खेलहरूको धनुकाँड़ (आर्चरी) प्रतियोगदितामा आफ्नो एकक्षत्र शासन कायम राख्दै पुरुष र महिला इण्डियन राउण्ड टीम स्पर्धाहरूमा स्वर्ण पदक जित्यो। हरियाणाका यशु, आशीष मलिक, राहुल र रविले इण्डियन राउण्डको धनुकाँड़ प्रतियोगिताको पुरुष टीम स्पर्धामा स्वर्ण पदक जिते। यस स्पर्धामा शुभम, मनीष, जयदीप कुशवाहा र अभिषेकको उत्तर प्रदेश टीमले रजत पदक जित्यो। यसरी काँस्य पदक महाराष्ट्रले हासिल गऱ्यो। महिला टीम स्पर्धामा हरियाणाले शीर्ष स्थान हासिल गऱ्यो। निकिता, दिव्या, मोनिका र काजलले असाधारण प्रदर्शन गर्दै हरियाणाको महिला टीमलाई स्वर्ण पदक दिलाइन्। यसरी लाईफ्राकपम रोजिना देवी, मोइरांगथेम बेबी देवी, मिलेनिया थोकचोम र हेइक्रुजम रोशिना देवीकी उत्कृष्ट प्रदर्शनले मणिपुरले रजत पदक जित्यो। यसरी काँस्य पदक छत्तीसगढ़को टीमले जित्यो। यसबाहेक टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता असमकी बक्सर लवलीना बोरगोहेनले आफ्नो ख्याति अनुरुप प्रदर्शन गर्दै स्वर्ण पदक जितिन्। यसबीच सेनाले शुक्रवार १० वटा पदक जितेर राष्ट्रिय खेलहरूको पदक तालिकामा फेरि शीर्ष स्थान हासिल गऱ्यो। सेनाले शुक्रवार १० वटा पदकमा ७ वटा त पिथौरागढ़मा भएको बक्सिंग स्पर्धाहरूमा जित्यो। सेनाले २०२३-मा दोस्रो स्थानमा रहन अघि २००७, २०११, २०१५ र २०२२-मा लगातार चारवटा खेलहरूमा शीर्ष स्थान हासिल गरेको थियो। जारी राष्ट्रिय खेलहरूमा सेनाले ३८ वटा स्वर्णको साथ जम्मा ६४ वटा पदक जितेर शीर्ष स्थान हासिल गरेको छ। कर्नाटक ३० वटा स्वर्णसहित ५७ वटा पदकको साथ दोस्रो स्थानमा रहेको छ।

टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने लवलीनाले महिलाहरूकी ७५ किग्रा स्पर्धामा स्वर्ण पदक जितिन्। यसरी ६ पल्टकी एशियन च्याम्पियन शिव थापाले ६३.५ किग्रा वर्गमा रजत पदक जिते। पेरिस ओलम्पिकपछि आफ्नो पहिलो टुर्नामेण्ट खेलिरहेकी असमकी लवलीनाले तीनैवटा राउण्डमा चण्डीगढ़की युवा प्रतिद्वन्द्वीविरुद्ध हावी रहेर ५-०-ले जीत हासिल गरिन्। शिव थापाले चाहिँ लाइट वेल्टरवेट वर्गको फाइनलमा हारको सामना गर्नु पऱ्यो। उनलाई सेना खेल सम्वर्धन बोर्डका बक्सर वंशजले नजिकको लड़ाइँमा ४-३-ले पराजित गरे। कमनवेल्थ गेम्समा काँस्य पदक विजेता सेनाकी जेस्मिन लम्बोरियाले महिलाहरूकी ६० किग्रा वर्गको फाइनलमा वर्ल्ड च्याम्पियनशीपकी काँस्य पदक विजेता हरियाणाकी मनीषा मौनविरुद्ध ५-०-ले जीत हासिल गरिन्। सेनाको निम्ति अझ एउटा स्वर्ण साक्षीले जितिन्। उनले हिमाचल प्रदेशकी विनाक्षीलाई ५-०-ले पराजित गरिन्। यसरी स्थानीय बक्सर निवेदिता कार्कीले हरियाणाकी कल्पनालाई पराजित गरी महिलाहरूकी फ्लाईवेट (५० किग्रा) वर्गको स्वर्ण पदक जितिन्। पूर्व युथ च्याम्पियन असमकी अंकुशिया बोरोले पनि महिलाहरूकी वेल्टरवेट (६६ किग्रा) वर्गको फाआइनलमा उत्तराखण्डकी काजललाई सर्वसम्मत फसेलाद्वारा पराजित गरी स्वर्ण पदक जितिन्। तमिलनाडुको पुरुष टीमले टेनिस स्पर्धाको फाइनलमा कर्नाटकलाई २-०-ले पराजित गरी स्वर्ण पदक जित्यो। यसरी हलद्वानीमा खेलिएको पुरुष फूटबलको फाइनलमा केरलले आयोजक उत्तराखण्डलाई १-०-ले पराजित गरी स्वर्ण पदक जित्यो। यसअघि खेलिएको म्याचमा दिल्लीले असमलाई पराजित गरी काँस्य पदक जित्यो।









