फिफाद्वारा पाकिस्तान फूटबल महासंघ फेरि निलम्बित

IMG-20250208-WA0129

नयाँ दिल्ली: आफ्नो संविधानमा संशोधन गर्न विफल रहँदा पाकिस्तान फूटबल महासंघ (पीएफएफ)-लाई अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)-ले निलम्बित गऱ्यो। फिफाको भनाइअनुसार, पाकिस्तान फूटबल महासंघको संविधान देशको खेललाई सुचारू र न्यायपूर्ण शासनको निम्ति ठीक छैन। यसैकारण पीएफएफ-ले आफ्नो संविधानमा संशोधन नगरेसम्म निलम्बन जारी रहनेछ। साल २०१७ पछि यो पाकिस्तान फूटबल महासंघको तेस्रो निलम्बन हो। जून २०१९-देखि पाकिस्तान फूटबललाई फिफाद्वारा नियुक्त सामान्यीकरण समितिद्वारा चलाइँदैछ। उनीहरूलाई चुनाउ गराउने अनि फूटबल सेटअप्-मा समानान्तर समूहहरूलाई समाप्त गर्ने काम सुम्पिइएको छ तर समिति यी योजनाहरूलाई ठीकसँग निष्पादित गर्नमा विफल रहेको छ। गत केही समयमा सामान्यीकरण समितिका प्रमुख र सदस्यहरू बद्लिएका छन् तर पाकिस्तानमा खेलमा मुख्य मुद्दा अहिले पनि कायम रहेको छ। सामान्यीकरण समितिको सरकारी पाकिस्तान खेल बोर्डसँग विवाद चलिरहेको छ, जसले संशोधनमा विलम्ब भइरहेको छ। अध्यक्ष हारुन मलिकले एउटा संसदीय प्यानललाई १५ फरवरी उनको कार्यकालको अन्तिम दिन हुने अनि पाकिस्तानले संवैधानिक संशोधनहरूलाई लागू नगरे फिफाले निलम्बन गर्ने खतरा रहने चेताउनी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement