मजदुर मोर्चाकाे अपिल: “राम्ररी जॉंच पड़ताल गरेर मात्र मजदूरहरूलाई प्रमाणपत्र जारी गरियोस्”

IMG-20240717-WA0003

गान्तोक: एसकेएम पार्टीको मजदूर शाखाले मुख्यमन्त्रीको घोषणालाई स्वागत जनाएको छ।मजदुर शाखाले राज्यमा कार्यरत मजदूरहरूलाई सही तारिकाले जॉंच पड़ताल गरेर मात्र प्रमाणपत्र जारी गरिनु पर्ने अपील प्रशासन समक्ष गरेको छ। एसकेएम मजदूर मोर्चाले मुख्यमन्त्रीको उक्त निर्णय अनुरुप सिक्किम राज्यमा स्थापित कल कारखाना, जल विद्युत परियोजना र अन्य विभिन्न निजी व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदूरहरूले चॉंडै प्रमाणपत्र बनाउनु पर्छ भनी विज्ञप्तिमा जनाएको छ। यस कारण सिक्किम राज्यमा बाहिरबाट मजदूरी गर्न आएका मजदूरहरूलाई प्रमाणपत्र जारी गर्दा राज्य प्रशासनले सही तरिकाले जॉंच पड़ताल गर्नुपर्ने मोर्चाले अपील गरेको छ।
मुख्यमन्त्रीको निर्णयलाई सिक्किमवासी लगायत देशकै हितमा रहेको बताउॅंदै प्रमाणपत्र जारी गर्दा जिल्लाका श्रम आयुक्तहरूलाई कडा निगरानी राख्न निर्देशन जारी गर्न मजदूर मोर्चाले श्रम विभागलाई अपील गरेको छ। यसैगरी, मोर्चाले राज्यको छवटै जिल्लाका जिल्लापाल र महकुमा अधिकारीहरूलाई पनि मुख्यमन्त्रीको निर्णयलाई गम्भीरतापूर्वक लिॅंदै चॉंडै पहल गरिदिन अपील गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement