पन्ध्र दिवसीय कौशल विकास प्रशिक्षण शुरू

n65103613717389527966664ef95bcf89a56062ee910df68a62e3c7c102b0b3f9b6f30c0b6a1cb0a0672905

गान्तोक: सौर्य प्यानल स्थापना एवं मर्मतसम्भार र घरेलु उपकरणहरूमाथि कौशल विकास प्रशिक्षणको उद्घाटन लिङचोम जीपीयू कार्यालयमा पञ्चायत सभापति छेवाङ फुर्बा शेर्पाको उपस्थितिमा गरिएको अवसरमा एसआईडीबीआई ब्याङ्कका प्रबन्धक रित्विज शर्मा, मेधावी फाउण्डेनका महाप्रबन्धक उत्पल मुखोपाध्याय र सहायक क्षेत्रीय प्रबन्धक रणबीर शाहा आदि उपस्थित थिए।यस १५ दिवसीय प्रशिक्षणमा स्थानीय ३० जना युवाहरुले भाग लिइरहेका छन्। युवाहरूलाई एसआईडीबीआई ब्याङ्क, गान्तोकको समर्थनमा मेधावी फाउण्डेशनले सौर्य प्यानलको स्थापना एवं मर्मतसम्भार र सौर्य एलईडी बल्ब बनाउन प्रशिक्षण प्रदान गरिने छ। दुई जना व्यावसायिक प्रशिक्षकहरू पिनाक चन्द्र दास र सोमजित शाहाले प्रशिक्षण प्रदान गर्नेछन्।
केन्द्र प्रबन्धक आफताब अन्सारीले प्रशिक्षणमाथि प्रकाश पार्दै उम्मेदवारहरूलाई प्रशिक्षण लगायत एसआईडीबीआई ब्याङ्कद्वारा उपलब्ध गराइने लोन र अनुदानबाट फाइदा उठाउन आह्वान गरे।

:

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement