एकेआरएस-ले पनि जनायो सामसन तामाङको बयानको विरोध

IMG-20250207-WA0261

गान्तोक: अखिल किराँत राई सङ्घ, सिक्किमले पनि सामसन तामाङको छेत्री-बाहुन (खस समुदाय) विरोधी बयानको विरोध जनाएको छ। सङ्गठनको पक्षमा आज एउटा प्रेस विज्ञप्ती जारी गरेर तामाङको बयानको कड़ा शब्दमा भत्सर्ना जनाउँदै सिक्किमको साम्प्रदायिक सद्भावनालाई बिथोल्न खोज्ने आरोपीलाई तत्काल पक्राउ गरिनुपर्ने माग गरेको छ।
विज्ञप्तीमा भनिएको छ, सिक्किमेली भोटिया, लेप्चासँगै हामी नेपालीभाषीहरू एउटै माला भएर एकता, जातीय सद्भाव, भाइचारामा वर्षौंदेखि बसोबासो गर्दै आइरहेका छौं योसँगै दार्जीलिङमा बसोबासो गर्ने नेपाली/गोर्खा समुदायसँग पनि हाम्रो सौहार्द्रपूर्ण सम्बन्ध रहेको छ। यस्तोमा सामसन तामाङको बयान सोझै समाजविरोधी रहेको अखिल किराँत राई संघ, सिक्किम ठहर गर्दछ। कञ्चनजंघाको काखमा रहेको सिक्किम भूमिमा हामी सबै जात, धर्मावलम्बीहरू एकार्काको जातीय परम्परा, संस्कृति, आस्थालाई समान सम्मान गर्छौँ। अखण्डित सिक्किमेली समाजमा दुष्ट इच्छाधारी साम्सोन तामाङको यस्तो बयानले कदापि स्थान पाउनेछैन अनि अखिल किराँत राई संघ, सिक्किम यसको पूर्ण रूपले विरोध गर्दछ। साम्सोङ तामाङले हाम्रा सिक्किमेली खस समुदायमाथि दिएको बयानको पूर्ण खण्डन गर्दै यस्ता असामाजिक तत्त्वलाई प्रशासनिक उचित कार्वाही गर्न अखिल किराँत राई संघ, सिक्किम सम्बन्धित निकायसमक्ष आह्वान गर्दछ।
यो समय अखिल किरात राई सङ्घ, सिक्किम अनि सम्पूर्ण राई समुदाय राज्यका खस समुदायको पक्षमा काँधमा काँध मिलाएर खड़ा रहेको पनि प्रेस विज्ञप्तीमा थप उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement