सशस्त्र सीमा बलद्वारा निःशुल्क खच्चर दानको घोषणा

IMG-20240717-WA0003

गान्तोक: ७२औं बटालियन सशस्त्र सीमा बलले (एसएसबी) गरीब व्यक्ति वा सङ्गठनलाई दुईवटा खच्चर दान गर्ने घोषणा गरेको छ। यो महान पहल पशु कल्याण प्रोत्साहित गर्नका साथै पशुहरूको समुचित हेरचाह सुनिश्चित गर्नसक्नेलाई सहायता प्रदान गर्न लक्षित छ। इच्छुक व्यक्ति वा सङ्गठनले यी दुई खच्चरको स्याहार र हेरचाहको दायित्त्व वहन गर्नुपर्नेछ। आवेदकले खच्चर कुनै व्यावसायिक उद्देश्यका लागि प्रयोग नगर्ने साथै त्यसको समुचित स्याहार र हेरचाह गर्ने लिखित करारनामा बुझाउनुपर्नेछ। आवेदकले ७२ औं बटालियन सशस्त्र सीमा बललाई सम्पर्क गरी आवेदन बुझाउनु पर्नेछ। खच्चरको जाँच एसएसबी क्याम्प, ग्राम नम्बु, जिल्ला गेजिङमा गर्नसकिनेछ। आवेदन बुझाउने अन्तिम मिति १० फरवरी रहेको छ। चयन प्रक्रिया ११ फरवरीको दिन आयोजन गरिनेछ। योग्य व्यक्ति वा सङ्गठनलाई प्राथमिकता दिइनेछ। गठित बोर्डको सिफारिशका साथमा महानिरीक्षक, फ्रन्टियर हेडक्वार्टर, एसएसबी सिलगढीको अनुमोदनपछि दान गरिनेछ। थप जानकारीका लागि, ७२औं बटालियन सशस्त्र सीमा बल, मल्ली-आछिङ, योक्सममा सम्पर्क गर्नसकिनेछ। यसका लागि मोबाइल नम्बर ७९०५८२४९५५ दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement